_20220321130754.jpg)
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३८ शाखार उपशाखामा कार्यरत ३८ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो ।
गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए ।
साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाको समेत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस