
काठमाण्डौं । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होण्डा जेनेरेटर सहयोग गरेको छ । हिमाली क्षेत्रका अति विकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई विभित्र स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।
अक्सिजन, भिडियो एक्सरे तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालनगरी स्वस्थ शिविर संचालन तथा उद्धार कार्यमा सहजहोस् भत्रे उद्देश्यले सहयोग गरेको हो । उक्त संस्थालाई ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्यकाकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुह्द ज्योतिले एक कार्यक्रमकाबीच स्वरुपहोण्डा जेनेरेटर हस्तान्त्रण गरिएको थियो ।
यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस