aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश , बोनससँग नगद पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश , बोनससँग नगद पनि

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश चैत ८ गते सार्वजनिक गरेको छ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । सो पूँजीको  आधारमा रू. १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र रू. ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । कम्पनीको प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस