aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट हुने

काठमाडौं । बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । 

अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजतपत्रको नबीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए । अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको सङ्यामा रहेका बीमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नबीकरण गर्न पाउने भएबाट बीमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।    

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु सुशीलदेव सुवेदी र दिनेश कुमार लाल उपस्थित रहेका थिए । कार्यक्रममा बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मीले इजाजतपत्रको डिजिटल नबीकरणका बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रम संचालन समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले गरेका थिए । 

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली संचालकको अनुमतीप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपीएस मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तूर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । संस्थागत बीमा सर्भेयरले कनेक्ट आइपीएसमार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउन सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस