
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार सम्म रहेको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर चैत १ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्तिm संस्था वा कम्पनीले चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साथै ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु विर्तामोड, हनुमनास रोड बिराटनगर, जनकपुर, आर्दशनगर वीरगञ्ज, हैटौडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउने र बुझाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस