aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साल्ट ट्रेडिङ कर्पोरेशनको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
साल्ट ट्रेडिङ कर्पोरेशनको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । 

सभाले आव २०७७/७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा चैत १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस