aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रोयल इन्फिल्डको आधिकारीक विक्रेता त्रिवेणी ग्रुप, अब आक्रामक रुपमा आउँछौं : संघाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
रोयल इन्फिल्डको आधिकारीक विक्रेता त्रिवेणी ग्रुप, अब आक्रामक रुपमा आउँछौं : संघाई

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालको लागि आधिकारीक विक्रेता त्रिवेणी ग्रुप भएको छ । यसअघि दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाइलले नेपालमा रोयल इन्फिल्ड मोटरसाइकल विक्री गर्दै आएको थियो । 

नेपालमा स्थापित यो त्रिबेणी समूहले उत्पादन, ट्रेडिङ, बैंकिङ,  इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन, पर्यटन र कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । त्रिवेणी समूहमा अब दुई पाङ्ग्रे सवारीसाधनको समेत विक्री गर्ने समूह बनेको छ । 

नेपालमा बुलेट नामबाट चर्चित रहेको ब्राण्ड रोयल इन्फिल्डलाई अब नयाँ प्लानिङका अनुसार नेपालमा स्थापित गर्ने गरि योजना भइरहेको  त्रिवेणी ग्रुपका निर्देशक हर्ष संघाइले आर्थिकन्युज डटकमलाई बताए । उनले भने, विश्वमा धेरै उत्कृष्ठ दुई पाग्रे सवारी साधनका रुपमा रहेको रोयल इन्फिल्ड मोटरसाइकललाई नेपालमा स्थापित गराउनका लागि धेरै डिलरहरु खोल्ने योजनामा रहेको उनले बताए ।
 
 रोयल इन्फिल्डले उत्पादन गरेका विभिन्न मोडलहरु विक्री वितरण हुँदै आएका छन् । अहिले क्लासिक ३५० नेपालमा सर्वाधिक विक्री हुने ३५० सीसीको मोटरसाइकल हो । त्यस्तै मेटोर ३५० हिमालयन र इन्टरसेप्टर मोडल विक्री हुँदै आएका थिए । त्रिबेणी समूहले डिलर सिप लिएसँगै यसको व्यवसाय विस्तारमा योजना निर्माण गरेर काम अगाडि बढाई सकेको निर्देशक संघाईले बताए ।
 

प्रतिक्रिया दिनुहोस