
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपिओ पहिलो दिन ४ लाख ३२ हजार ४२१ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलवार साझ ५ बजेसम्म यी आवेदकहरुले ५४ लाख ५ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन । जुन मागभन्दा १ दशमलव ८९ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले मंगलवारदेखि २८ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओ मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।
पहिलो दिनमै माग भन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि चैत ११ गतेसम्म मात्र विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
बिक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।
यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियमा ३१ लाख २५ हजार कित्ता शेयर फागुन २ गतेदेखि १० गतेसम्म विक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरिसकेको छ । आईपीओमार्फत जुट्ने पूँजी कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न उपयोग गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस