aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

करिश्मालाई कलाकारिताभन्दा राजनीति प्यारो, सुटिङ छोडेर पार्टी प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
करिश्मालाई कलाकारिताभन्दा राजनीति प्यारो, सुटिङ छोडेर पार्टी प्रवेश

काठमाडौं । चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल भइन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको दिइकी थिइन  । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो । 

अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला ? विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो ?मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिएकी छन । 

एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उनले बताइन । मानन्धरले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताइन । मानन्धरले एमालेले समानता र सामाजिक न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गरिन ।

प्रतिक्रिया दिनुहोस