aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल फाइनान्सले पायो ७० प्रतिशत हकप्रद शेयर विक्रीको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
नेपाल फाइनान्सले पायो ७० प्रतिशत हकप्रद शेयर विक्रीको अनुमति

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत कात्तिक १ गते निवेदन दिएको नेपाल फाइनान्सले चैत ८ गते बोर्डको स्वीकृति पाएको हो । 

बोर्डले नेपाल फाइनान्सलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर विक्रीको अनुमति दिएको हो । यो हकप्रद शेयर विक्रीको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ । 

नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस