aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट लिमिटेडले चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

प्रतिशेयर रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै हद लाग्नेछैन् । इच्छुक आवेदकहरुले चैत २४ गतेसम्म रितपूर्वक गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यो शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल रू. २० करोड चुक्तापूँजी रहेको कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद शेयर समेत विक्री पश्चात् कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस