
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चैत ३० गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा रहेको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने तयारी भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांशलाई समेत वितरण योग्य बनाउँनेछ । चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ ।
सभा प्रयोजनका लागि चैत १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस