
काठमाडौं । जगदम्बा मोटर्सले हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजना मार्फत स्वागत गर्ने गरेको छ । हरेक पटक आकर्षक उपहार सहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि आकर्षक योजनासहित नयाँ वर्षको स्वागत गर्दैछ।
जगदम्बा मोटर्सले नयाँ वर्षको रौनक थप्न नयाँ रोचक योजना, ‘आयो पायो पर्यो सोर्यो’ ल्याएको छ । यस योजना अन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका रहेको छ । त्यस्तै, किन्नु अगाडी tvsnepal.com/newyear मा दर्ता गरेर ५० हजारसम्म जित्न पाउनेछन् ।
नेपाल भरका कुनै पनि बिक्रेताबाट टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मौका पाउनेछन् । साथै हरेक खरिदमा ग्राहकले ० प्रतिशत र एक्सचेञ्जमा मासिक रकम ५ हजार ९९९ तिरेर टीभीएस चढेर जान पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस