
काठमाडौं । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधि पहिराउने छन्। संक्षिप्तमा WCOTY भनिने यो अवार्डमा, यसपाली इतिहासमै पहिलो पटक, तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन् ।
सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा Ford Mustang March-e, Hyundai Ioniq-5 र Kia EV6 परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन्। उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।
इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू EV हुनुलाई उत्सुकताका साथ हेरिएको छ। कार अफ द इयरको तीनओटै फाइनलिस्ट EV रहे पनि Hyundai को IONIQ 5 बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् । यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुण्डाई IONIQ 5 ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ ।
प्रतिक्रिया दिनुहोस