_20220323130225.jpg)
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन चैत २२ गते हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्तसाधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको उद्धघाटन गर्ने भएका हुन् ।
काठमाडौंको नयाँ बोनश्वरमा हुने उक्त सभामा अर्थमन्त्री जनार्दन शर्माको पनि उपस्थिती रहने महासंघले जनाएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
महासंघले यसअघि नै सरकारसंग विभिन्न दश बुँदे माग राखेको थियो । उक्त महाधिवेशनमा ती मागहरुको विषयमा समेत छलफल हुने समेत जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस