aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्सुरेन्सुको वार्षिक साधारण सभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
नेको इन्सुरेन्सुको वार्षिक साधारण सभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सभा बुधवार  कम्पनीको केन्द्रिय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा  सम्पन्न भएको हो ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते बुक क्लोज गरेको थियो ।  

यस आधारमा फागुन ३० गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७४ करोड पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस