aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘यातायातको सेवा बिहीबार बिहान ५ बजेसम्मका लागि बन्द’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
‘यातायातको सेवा बिहीबार बिहान ५ बजेसम्मका लागि बन्द’

काठमाडौं । यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको जनाएको छ ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी डा लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले हालका लागि सर्भर बन्द रहेको स्पष्ट पार्नुभयो । विभागले प्रदान गर्ने सेवा सो अवधिका लागि मात्रै अवरुद्ध हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस