aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रोयल इनफिल्डको आधिकारिक बिक्रेता अब अल्फा अटोमोटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
रोयल इनफिल्डको आधिकारिक बिक्रेता अब अल्फा अटोमोटिभ

काठमाडौं। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गत अटोमोविल डिभीजनको “अल्फा अटोमोटिभ” नियुक्त भएको छ ।  त्रिवेणी समुहले उत्पादन, कृषी, ट्रेडिङ, बैंकिंङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । 

अल्फा अटोमोटिभ प्रा। लि। ले रोयल इनफिल्डको दुई पांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एबं सफल ब्यबस्थापन गर्ने रणनितीक लक्ष्य लिएको छ । 

रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय रही आएको छ । नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको एक मात्र ब्राण्ड हो रोयल इनफिल्ड  । 

अल्फा अटोमोटिभ प्रा। लि। ले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्रि वितरण गर्ने छ ि

प्रतिक्रिया दिनुहोस