
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई रू. २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनको लागि चैत ७ गते अनुमति दिएको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल संस्थापक तर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस