aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धौलागिरी लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
धौलागिरी लघुवित्तले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले रू. ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ विक्रीको लागि फागुन २३ गते बोर्डमा निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सन्राइज क्यापिटल लिमिटेडले पाएको छ । कम्पनीले सर्वसाधारणका लागि यो आईपीओ विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस