aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पोखरा फाइनान्सद्वारा ८.०७५ प्रतिशत बोनस शेयर वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
पोखरा फाइनान्सद्वारा ८.०७५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ८ दशमलव शून्य ७५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले बिहीवार सुचना जारी गर्दै धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात् सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा उक्त शेयर जम्मा गरेको जानकारी दिएको हो ।

कम्पनीले गत पुस ३० गते सम्पन्न २५औं वार्षिक साधारण सभामार्फत उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले रू. ९६ करोड ३१ लाख ४५ हजार चुक्तापूँजीको आधारमा ८ दशमलव शून्य ७५ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष कम्पनीले गत वर्षको भन्दा बढी लाभांश वितरण गरेको हो । 

गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको लाभांश प्रयोजनका लागि कम्पनीले पुस २१ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुमा मात्र बोनस शेयर वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस