
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ अब कहिले पनि नहुने बताएका छन् । विहीबार प्राधिकरणमा नै पत्रकार सम्मेलन गरेर उनले केहि समयका लागि भारतबाट महगोमा विद्युत खरिद भएपनि नेपालमा लोडसेडिङ हुन नदिने बताएका हुन ।
उनले भने, ‘नेपालमा अहिले केहि समयका लागि प्रति युनिट ३८ रुपैयाँ तिर्न पर्ने अबस्था आएको छ । तर, यो अबस्था केहि दिनका लागि मात्र हुनसक्छ । यस्तो पावर क्राइसेस भएका बेलामा विश्वभरीमा नै यस्तो प्राक्टिस रहेको छ ।’
भारतबाट महगोमा किनेर ल्याएको विद्युतमा नेपालमा खपत गर्नेलाई पनि केहि भार थपिन सक्ने उनले बताए । प्राधिकरणले करिब ६ हजार मेगावट विद्युतको पीपीए गरेकाले अर्को वर्षदेखि नेपालमा धेरै विद्युत उत्पादन थपिने समेत उनले दावी गरे । यस वर्षसम्म नेपालमा पावर कट अफ हुदा अथवा अचानक आउने पावर क्राइसेसका लागि व्यवस्थापन गर्न अचानक यस्ता निर्णय गर्न पर्ने हुनसक्छ तर, नेपालमा पावर कट अफको अबस्था आउन नदिन प्राधिकरण लागि परेको उनले बताए ।
उनले भने, अब नेपाली विदेशमा विजुली बेच्नेभन्दा पनि स्वदेशमा नै खवत बढाउने पहिलो प्राथमिकता हुन पर्नेमा उनको जोड थियो । उनले भने, विदेशमा १० रुपैयाँप्रति युनिटमा विद्युत बेचे पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान हुँदै जति नेपालमा नै १० युनिट खपत बढाउदा हुँन्छ । विदेशी मुद्रा आर्जनका लागि विदेशमा पनि विद्युत बेच्न न पर्छ तर, विदेशमा भन्दा पनि स्वदेशमा विद्युत खपत बढाउने उपाया के के हुन्छन् भनेर हामी लागि रहेका छौं ।’
प्रतिक्रिया दिनुहोस