aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि, अब कति हुने भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि, अब कति हुने भयो ?

कठमाडौं । निर्जीवन र जीवन कम्पनीहरुको चुक्तापुँजी वृद्धि हुने भएको छ । विहीबार बसेको बीमा समितिको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको हो । 

 बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार निर्जीजन बीमा कम्पनीको साढे दुई अर्ब र जीवन बीमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्तापुँजी बनाउने निर्णय भएको बताए । उनले भने, अब जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस अघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था रहेको थियो । 

बीमा समितिले २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउनुपर्ने नीति लिएको हो । २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउन नसक्ने संस्थाले मर्जर तथा एक्विजेशनमा पुँजी बढाउनुपर्ने नीति छ ।

बीमा कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धी निर्णय कम्पनीको सञ्चालक समितिबाट निर्णय गराएर बीमा समितिमा पेश गर्नुपर्ने पनि कार्यकारी निर्देशक पौडेलले बताए ।
 

प्रतिक्रिया दिनुहोस