aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुदैं

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज हुदैंछ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले दिउसो ३ बजे अलोफ्ट काठमाण्डु ठमेल, छाँयादेवी कम्प्लेक्समा सभा आव्हान गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । साथै, गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । 

कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ पश्चात रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुग्नेछ । आईपीओ प्रस्ताव सहित सभालेसभामा सहभागी हुनका लागि शेयर प्रमाणपत्र तथा साधारण सभा प्रयोजनार्थ जारी प्रवेशपत्र अनिवार्य गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस