aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
आज नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित २५औं वार्षिक साधारण सभा चैत ११ गते आज हुदैंछ । यस अघि फागुन ३० गते बोलाईएको उक्त सभा गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको थियो । कम्पनीको फागुन ३० गतेनै बसेको सञ्चालक समितिको बैठकले साविककै प्रस्तावहरु सहित पुनः साधारण सभा आव्हान गर्ने निर्णय गरेको हो । पुनः बोलाईएको सभा दिउसो १ बजे डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार काठमाडौंमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई समेत स्वीकृति दिनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५१ लाख ८६ हजारको आधारमा १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले सुनकुोशी हाइड्रोपावर कम्पनीलाई १ बराबर शून्य दशमलव २५ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो । यी प्रस्तावहरुसँगै सभाका लागि सात जना सञ्चालकहरुको निर्वाचन कार्यक्रम समेत तय गरिएको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले यस अघि फागुन १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको मिति सोही कायम गरिएको आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस