aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पूँजीवृद्धिको नीति लागु भएसँगै कुन बीमा कम्पनीले कति पूँजी थप गर्नुपर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
पूँजीवृद्धिको नीति लागु भएसँगै कुन बीमा कम्पनीले कति पूँजी थप गर्नुपर्छ ?

काठमाडौं । बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीलाई पूँजीवृद्धिका लागि सकस हुने देखिएको छ । समितिले आगामी एक महिनाको समय दिएर बीमा कम्पनीहरूलाई पूँजी वृद्धिको योजना सहिनको विवरण बोर्डबाट निर्णय गराई समितिमा पेस गर्न निर्देशन दिएको छ । 

समितिले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको हो । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न पनि समितिले भनेको छ । आन्तरिक रूपमा पूँजीवृद्धि गर्न नसके मर्जसहितको योजना लिएका आउँन समितिले आग्रह गरेको छ । 

समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ । 
सञ्चालित कम्पनीहरूले कति प्रतिशत पूँजी वृद्धि गर्नुपर्ने ?  

प्रतिक्रिया दिनुहोस