
काठमाडौं । लुप नेटवर्कस लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको चार लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।
साधारण शेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेडबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार यस कमपनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस