aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महिन्द्रा कम्पनीको एसयूभी ब्राण्ड भारतको ‘कार अफ द इयर’को अवार्ड पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ चैत्र २०७८
महिन्द्रा कम्पनीको एसयूभी ब्राण्ड भारतको ‘कार अफ द इयर’को अवार्ड पायो

एजेन्सी । महिन्द्राका धेरै एसयूभी ब्रान्डहरू जस्तै बोलेरो, स्कोर्पियो नेपाल र भारतमा धेरै मन पराइन्छ । अब कम्पनीको एउटा एसयूभी ब्राण्डलाई ‘इन्डियन कार अफ द इयर’को रुपमा छनोट गरिएको छ । महिन्द्रा एण्ड महिन्द्राले महिन्द्रा XUV700 लन्च गरेको केही समय भइसकेको छ। तर बजारमा यसको ठूलो माग छ ।

 यसका १ लाखभन्दा बढी युनिट बुक भइसकेका छन् र अब यो ‘इन्डियन कार अफ द इयर’ पनि छनोट भएको छ । महिन्द्रा XUV700 लाई ICOTYज्युरीले इन्डियन कार अफ द इयर चुनेको छ । यस गाडीको बारेमा ICOTY ले भन्छ, “अन्य धेरै कारको एक्सपोजर पछि, यो वर्ष इन्डियन कार अफ द इयर अवार्ड स्वदेशमा निर्मित महिन्द्रा XUV700 लाई दिइएको छ । यो कार हेरेपछि भारतीय कम्पनीहरुले अब भारतमा नै संसार बनाउन थालेको देखिन्छ ।

महिन्द्रा XUV700 लाई इन्डियन कार अफ द इयरको उपाधि दिएकोमा आनन्द महिन्द्राले ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् । यसबारे उनले लेखेका छन्, ‘यो हाम्रा लागि निकै ठूलो दिन हो । भारतमा बनेको यो विश्व–स्तरीय उत्पादनलाई मान्यता र प्रचार गरेकोमा निर्णायकलाई धन्यवाद। यो कार भारतमा गर्वका साथ विकास र डिजाइन गरिएको हो।

प्रतिक्रिया दिनुहोस