aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय चलचित्र 'आरआरआर'ले पहिलो दिनमा कति कमायो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
भारतीय चलचित्र 'आरआरआर'ले पहिलो दिनमा कति कमायो ?

काठमाडौं । भारतीय चलचिभत्र  ‘आरआरआर’ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेको छ ।  शुक्रबार रिलिज भएको ‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड रुपैयाँ कमाएको हो । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको जनाएको छ ।

भारतको आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ । भारत बाहिर अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको छ  । 

प्रतिक्रिया दिनुहोस