aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
आइएमई जनरलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीले हकप्रद शेयर प्रयोजनार्थका लागि फागुन १ गते बुक क्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस