aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले आव २०७७/७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा  दिनको ११ बजे गर्ने जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस