aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रधानमन्त्री रोजगार कार्यक्रममा पौने २ लाख जनाले साढे २२ लाख दिन काम गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
प्रधानमन्त्री रोजगार कार्यक्रममा पौने २ लाख जनाले साढे २२ लाख दिन काम गरे

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत वर्ष ७५३ वटा स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा बजेट पठाएको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार एउटा स्थानीय तहमा ५ लाखभन्दा कम नहुने र १ करोड रुपैयाँभन्दा नबढ्ने गरी बजेट बाँडफाँड गरिएको थियो ।


उक्त बजेट प्राप्त गरेका सबै स्थानीयमध्ये हालसम्म ५९९ वटा स्थानीय तहको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो बजेटबाट ६ हजार ८६४ वटा सामुदायिक आयोजना सञ्चालित भएका थिए । जसमा १ लाख ७५ हजार ९०९ जनालाई २२ लाख ६२ हजार २६९ दिनको रोजगारी दिएको मन्त्रालयले जनाएको छ । यसबाट प्रतिव्यक्ति औसत १३ दिनको रोजगारी प्राप्त भएको मन्त्रालयको भनाइ छ ।   
 

प्रतिक्रिया दिनुहोस