काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सीड नेपाल तथा रिसर्च सेन्टर प्रालीबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच नेपालमा च्याउ खेती प्रविधिको विकास गर्न नास्ट र मसरुम सीड नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार बहूमूल्य रैथाने जंगली च्याउहरुको मूल्य अभिवृद्धिकरण, खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरुको ठाउँ सुहाउँदो सरल तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरुमा हस्तान्तरण गरिनेछ । समग्र राष्ट्रिय च्याउ उद्योगीहरुलाई उपयोगी हुने अनुसन्धान तथा विकासका कार्यलाई सयुक्तरुपमा बढाउन सहमत भई सहकार्य हुनेछ ।
यो सम्झौता एक वर्षसम्म कायम रहनेछ । यस अवधिमा च्याउसम्बन्धी तालिम, गोष्ठी, मेला लगायत अन्य जनचेतानमुलक गतिविधिहरु सञ्चालन गरिनेछ । त्यस्तै, च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरुमा नेतृत्वदायी भूमिका खेलिने समेत जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस