aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

जगदम्बा मोटर्सको आयोजनामा टिभिएस एन्टर्क राइड सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
जगदम्बा मोटर्सको आयोजनामा टिभिएस एन्टर्क राइड सम्पन्न

पोखरा । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदसको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडा स्थित हिमालयन देउराली रिसोर्टसम्म पुगेको थियो । 

सहभागिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरु सहभागि रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् । टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् । 

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो । राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस