_20220328174756.png)
काठमाडौं । ‘डान्सिङ स्टार्स नेपाल’को भोटिङ पार्टनरको रुपमा भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको ‘डान्सिङ स्टार्स नेपाल’को भोटिङ पार्टनर ‘खल्ती डिजिटल वालेट’ बनेको हो ।
यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जज रहेका छन् । भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ ।
यस भोटिङ सुविधाको साथ–साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिङ्क , स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको छ । ‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ ।
प्रतिक्रिया दिनुहोस