
हेटौंडा । मकवानपुरमा नेपाल डेरी एसोसिएसन वागमती प्रदेश मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । चैत १४ गते मकवानपुरमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अन्तरगत मकवानपुर जिल्ला समिति अन्तरगतको निर्वाचनमा राजु श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा प्रबिण हुमागाई, सचिवमा अमिर ढकाल, कोषाध्यक्षमा ईश्वर बर्तौला निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा सुमन सिवाकोटी, सुरेन्द्र साह,सृजन कोइराला चयन भएका छन् ।
सोमबार केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाको प्रमुख आतिथ्यता एवं बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, उपाध्यक्ष राजन दाहाल, केन्द्रिय महासचिव प्रल्हाद दाहाल, सदस्य तिर्थ अधिकारी, रामभक्त दाहाल तथा डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटाले नेपाल डेरी एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यावसायिहरुको राष्ट्रिय संगठन भएको आजको यो कार्यक्रमले पुष्टि गरेको बताए । केडियाले संस्थाले के दियो भन्दापनि संस्थालाई के दिने र कसरी संस्था बलियो बनाउने तर्फ लाग्नु पर्ने बताए ।
त्यस्तै, उपाध्यक्ष एवं संस्थापक सदस्य राजन दाहालले संस्था जन्माउन जति गार्हो छ चलाउन झन गार्हो हुने तर सबैजना लागि परे असम्भब पनि छैन । सबैजना संस्था प्रति जिम्मेवार भएकोले खुशी व्यक्त गरे । केन्द्रिय सदस्य तिर्थ अधिकारीले यस क्षेत्रमा जिल्ला समिति गठन गरि उद्योगीहरुको हकहितमा काम गर्न अधिकार प्रदान गरेकोमा एसोसिएसनलाई धन्यवाद दिँदै नयाँ गठित जिल्ला समितिलाई शुभकामना दिए ।
अर्का सदस्य रामभक्त दाहालले कार्यक्रमको सफलता तथा नयाँ जिल्ला समितिलाई शुभकामना व्यक्त गरे । अन्त्यमा बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रमका सभापति टीका प्रसाद घिमिरेले खुशी ब्यक्त गर्दै प्रदेशले जिल्ला समिति आवश्यक सबै किसिमको सहयोग गरि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस