
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त बोनस शेयर कारोबारयोग्य बनाई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।
धितोपत्र दोस्रो बजारमा कम्पनीले चैत ११ गते उक्त बोनस शेयर वापतको ३८ लाख ६१ हजार ५७९ दशमलव ५६८० कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीले १४ प्रतिशत बोनससँगै यस वर्ष कर समेत ६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ । नगद लाभांश भने कम्पनीले बोनस शेयर वापतको कर कट्टा गरी माघमै वितरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस