aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा बुधवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
प्रोग्रेशिभ फाइनान्सको साधारण सभा बुधवार हुदै

काठमाडौं ।प्रोग्रेशिभ फाइनान्सको २५औं वार्षिक साधारण सभा चैत १६ बुधवार हुने भएको छ । सभा ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे शुरु हुने जानकारी दिएको हो । 

सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवार सञ्चालक समितीलाई दिन, कम्पनीको प्रबन्धपत्र तथा विनिमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितीलाई दिने प्रस्ताव पनि पारीत गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीधनी दर्ता पुस्तिका पुस १९ गते बन्द गरिसकुको छ । यस आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस