
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरीक्षत गर्ने अन्तिम दिन बुधवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते देखि २७ गते सम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८ काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस