aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मोटरहेड ब्राण्ड मोटरसाइलको नयाँ वर्ष अफरः ७ हजारदेखि २ लाखसम्म जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
मोटरहेड ब्राण्ड मोटरसाइलको नयाँ वर्ष अफरः ७ हजारदेखि २ लाखसम्म जित्न सकिने

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले नव वर्ष २०७९ लाई लक्षित गर्दै “Scratch & Catch The Cash” नामक अफर सन्चालनमा ल्याएको छ । उक्त अफर अन्तर्गत कम्पनीले यही चैत १५,२०७८ देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरिद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुलाई विषेश अफर ल्याएको हो । 

उक्त अफरमा रु.७,०००।– देखि रु.१ लाख सम्म क्अचबतअज गरी छुट पाउन सकिने व्यवस्था र अफर अवधिभर खरीद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई रु.२,०७,९००।– प्रदान गरिने कम्पनीले जनाएको छ । त्यस्तै, देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 सिधै नगद छुट भन्दा यस प्रकारको Scratch अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी गराएको छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयर को सुविधा सहित डिलर रहेको छ । साथै बिक्रि पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारीक मर्मत केन्द«को पनि विस्तार गर्दै आएको छ । हाल मोटरहेडका वाइकहरु रु.३,०५,०००।– देखि शुरु भई अधिकतम रु.४,५५,०००।–सम्ममा उपलब्ध छन् ।

 सबैको पहुचमा रहेको मोटरहेड वाइकको यहि मुल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको जानकारी कम्पनीले दिएको छ । ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रि मुलक कार्यक्रममा मात्र केन्द«त नभई Customer Care Department पनि सन्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस