aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपकार लघुवित्तको आईपीओ निष्कासन गर्ने मिति तय, कहिलेदेखि आवेदन दिन सकिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
उपकार लघुवित्तको आईपीओ निष्कासन गर्ने मिति तय, कहिलेदेखि आवेदन दिन सकिन्छ ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय गरेको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कान गर्न लागेको हो । जसमध्ये जारी पूँजीको शुन्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारी तथा ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरीएको छ । 
बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सार्वजनिक निष्कासन गरिने छ । 

उक्त शेयरमा चैत २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिका माग अनुसार आवेदन पर्न नसके बैशाख ९ गतेसम्म समय थप गरिने छ । तर, यसअघि आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ चैत २९ गतेनै बन्द हुने देखिन्छ । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि चैत ७ गते अनुमति दिएको थियो । कम्पनीको अधिकृत पूँजी ८ करोड रहेको छ भने जारी पूँजी ६ करोड ३६ लाख २५ हजार र चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । 

हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको  हो । 

प्रतिक्रिया दिनुहोस