aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अभिकर्ताले एउटै मात्र बीमा कम्पनीमा काम गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
अभिकर्ताले एउटै मात्र बीमा कम्पनीमा काम गर्नुपर्ने

काठमाडौं । बीमा क्षेत्रमा एजेन्टका रुपमा काम गर्दै आएका अभिकर्ताले एउटा कम्पनीमा मात्रै अभिकर्ताको काम गर्न व्यवस्था लागू हुने भएको छ ।

बीमा समितिले विगतमा जति वटा पनि बीमा कम्पनीमा काम गर्ने व्यवस्था हटाउने भएको छ । बीमा विद्येयकमा एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था भएका कारण अब अभिकर्ताले सोही अनुसार काम गर्नुपर्ने भएको हो ।

विधेयकको दफा ९३ को उपदफा ५ मा बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमाकको बीमा अभिकर्ताको ईजाजतपत्र वितरण गर्दै आएको छ ।

अभिकर्ताहरुले धेरै कम्पनीमा कमिशनको लोभमा काम गदै आएका छन् । देश भर करिब १० हजार बिमाका एजेन्ट रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस