aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफको अध्यक्षमा अमात्य नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
प्रभु लाइफको अध्यक्षमा अमात्य नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालक समितिको १२१ औं बैठकले बुधबार बसेको थियो । सो बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकमा यसअघिका अध्यक्ष डा. आत्माराम घिमिरेको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत समेत गरेको छ । 

त्यस्तै, गत फागुन २२ गते कम्पनीको सल्लाहकारकोरुपमा सन्तोष प्रसाई नियुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस