
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सोह्रौं वार्षिक साधारण सभा बिहिवार गर्ने भएको छ । सभा अम्रपाली ब्याक्वेट थिरबम सडक बालुवाटारमा बिहान १०ः३० बजे हुने जानकारी गराएको हो ।
सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यस आधारमा चैत २ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस