aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लाभांश पारीतका लागि प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो बैशाख ११ मा साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
लाभांश पारीतका लागि प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो बैशाख ११ मा साधारण सभा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बैशाख ११ गते गर्ने जानकारी गराएको छ । कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितीको बैठकले पर्साको दियालो लर्डस प्लाजा बीरगञ्जमा दिउँसो १२ः३० बजे गर्ने जानकारी दिएको हो । 

सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस