aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ चैत्र २०७८
आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले बैशाख ९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत १६ गतेको सञ्चालक समितिको बैठकले विहान १० बजे लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । 

कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात् जारी तथा चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोनजका लागि कम्पनीले चैत २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 
 

प्रतिक्रिया दिनुहोस