aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ चैत्र २०७८
सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीस्थित सडकमा ना.३ ख ४६९१ नम्बरको ट्रकले ग.५ प ६०८३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ऋषिङ गाउँपालिका–२ कासीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाही । लालबन्दी नगरपालिका-१७ कालिनजोर पुलस्थित सडकमा बिआर ०६ बिएम १५३७ नम्बरको कार अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा कार चालक भारत सितामढी बयलडाबड धनुषी बस्ने २२ वर्षीय नबिन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय गढिमाई अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीस्थित सडकमा भे.१ त ८९३४ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा बागमती प्रदेश ०३००१ ख १३६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अदाजी ४० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस