काठमाडौं । नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘२०७९ ×१००० गुणाले खुसी बढाउँनुहोस्’ अफर सार्वजनिक गरेको छ ।
कुनै पनि चाडपर्व होस् वा बिशेष अवसर होस्, यामाहा नेपालले आफ्ना ग्राहक र समर्थकका निम्ति सदैब आकर्षक उपाहार र सुविधायुक्त योजना र अफरहरू सार्वजनिक गर्ने गरेको छ । त्यसैगरी, यस पल्ट पनि आफ्ना ग्राहक र समर्थकका अपेक्षालाई मध्य नजरमा राख्दै आउँदो वर्ष २०७९ लाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००.२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्। यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस