
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ९ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत १० गतेको सञ्चालक समितिको बैठकले अपरान्ह ४ बजे हायात प्लेस, ताहाचल, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७÷७८ का लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै संस्थापक समूहबाट चार जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीको पूँजी बृद्धि गर्ने लगाएत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण काममको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस