काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ८ महिनाको अवधिका निर्जीवन बीमा कम्पनीहरू २५ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जक गरेका छन् । बीमा समितिका अनुसार सञ्चालित २० निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म उक्त कुला बीमा शुल्क आर्जज गरेका हुन् ।
उक्त अवधिमा सबैभन्दा बढी कुला बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले फागुन मसान्तसम्म ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले पनि उक्त अवधिमा २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ ।
समितिका अनुसार उक्त अवधिमा २ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा तीन वटा कम्पनी रहेका छन् । उक्त अवधिमा शिखर, सगरमाथा र नेको इन्सुरेन्सले २ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् ।
चालू आवको सो अवधिमा सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गर्नेमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
फागुनसम्म कुन निर्जीवन बीमा कम्पनीको बीमा शुल्क कति आर्जन
-1_20220403101136.jpg)
प्रतिक्रिया दिनुहोस